Online Bichar
सोमबार, साउन १८, २०८३ | Monday, August 3, 2026

काठमाडौं, १७ साउन २०८३ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानविकी तथा सामाजिक शास्त्र संकायको स्नातकोत्तर तह प्रथम सेमेस्टरको परीक्षा स्थगित भएको छ ।

डिनको कार्यालयले जारी गरेको सूचना अनुसार सात परीक्षा केन्द्रमा १८ साउनका लागि तोकिएको परीक्षा स्थगित गरिएको हो ।

डिनको कार्यालयका अनुसार ११ साउनदेखि देशभरिका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षाका क्रममा पछिल्ला दिनमा देशका केही स्थानमा उत्पन्न असहज परिस्थितिका कारण १८ साउनदेखि सञ्चालन हुने परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको हो ।

सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखी क्यम्पस, सप्तरीको नेसनल पिपुल कलेज, सिरहाको रामप्रताप रामप्रसाद तामाङ बहुमुखी क्याम्पस, सिरहाकै जेएस मुरारका क्याम्पस, धनुषाको रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, पर्साको ठाकुरराम बहुमुखी क्याम्पस र रौतहटको जनज्योति बहुमुखी क्याम्पस परीक्षा केन्द्रको परीक्षा स्थगित गरिएको सूचनामा उल्लेख छ । अन्य परीक्षा केन्द्रमा भने परीक्षा पूर्ववत तोकिएको कार्यतालिका अनुसार सञ्चालन हुने सूचनामा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया