Online Bichar
शुक्रबार, साउन ०१, २०८३ | Friday, July 17, 2026

झापा, ३२ असार २०८३ । नेपाल परिवार नियोजन संघ झापा शाखाको सभापतिमा तोयानाथ गड्तौला निर्वाचित भएका छन् । प्रतिस्पर्धी राजेन्द्र भट्टराईलाई २२ मतले पछि पार्दै गड्तौला विजयी भएका हुन् । हिजो भएको निर्वाचनमा गड्तौलाले २८२ मत हासिल गर्दा प्रतिस्पर्धी भट्टराईले २६० मत प्राप्त गरेका छन् ।

संघको सभापति पदका लागि निवर्तमान सचिव भट्टराई र पूर्वसचिव गड्तौला प्रतिस्पर्धामा उत्रिएका थिए । परिवार नियोजन संघ झापामा आजीवन सदस्य ६९८ र साधारण सदस्य ८९ जना गरी ७८७ मतदाता रहेकोमा ५४६ मत खसेको थियो। त्यसमध्ये ४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

परिवार नियोजन संघ झापा शाखाको ११ सदस्यीय कार्यसमितिमा सभापति र कोषाध्यक्ष पदका लागि मात्र चुनाव हुने प्रावधान रहेको छ । कोषाध्यक्ष पदमा यसअघि नै झुमा दाहाल निर्विरोध भइसकेकी छन् । कार्यसमिति सदस्यहरू ८ जना रहनेछन् भने शाखाका कार्यालय प्रमुख सदस्य सचिव रहने प्रावधान छ ।

तपाईको प्रतिक्रिया