काठमाडौं, ३२ असार २०८३ । सेयर बजार आज पनि सकारात्मक देखिएको छ। अघिल्लो दिन बुधबार १४ अंकले वृद्धि भएको नेप्से परिसूचक यसदिन ७.५० अंकले बढेर २५९७.८० विन्दुमा अडिएको छ। परिसूचक सामान्य अंकले बढे पनि कारोबार रकम भने बुधबारको तुलनामा वृद्धि भएको छ।
यसदिन ३७१ वटा स्क्रिप्सको ९४ लाख ६९ हजार ९९ कित्ता सेयर ४ अर्ब ५६ करोड २९ लाख ५० हजार ७०० रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन बुधबार ४ अर्ब १७ करोड मूल्य बराबरको कारोबार भएको थियो।
एनआईबीएलजीएफ ग्रोथ फण्ड,फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था र चिरख्वा हाइड्रोपावरको सेयर १४ प्रतिशतभन्दा बढीले वृद्धि भयो। कारोबार रकमका आधारमा सिंगटी हाइड्रो इनर्जी शीर्ष स्थानमा रह्यो। सो हाइड्रोले २४ करोड मूल्य बराबरको कारोबार गर्यो।
कारोबारमा आएकामध्ये १२१ वटा स्टक्सको मूल्य बढ्दा १५१ वटाको घट्यो। ३ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। ९ वटा स्टक्सको मूल्य बढ्दा ४ वटाको घट्यो। फाइनान्स,होटल्स एण्ड टुरिजम,हाइड्रोपावर र मनु एण्ड प्रो समूहको उपसूचक नकारात्मक देखिदा बाँकी अरु समूहको उपसूचक सकारात्मक देखिएका हुन्।






