काठमाडौं, ३२ असार २०८३ । सार्वजनिक यातायातको रूपमा प्रयोग हुने यात्रुबाहक ठूला विद्युतीय सवारीसाधनले ८० प्रतिशतसम्म ऋण पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरेको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै ठूला विद्युतीय सवारीसाधनको ऋण अनुपात ८० प्रतिशतसम्मको व्यवस्था थपेको हो ।
यसअघि देखि सवारीसाधन खरिद गर्न ऋण मूल्यको अनुपात अधिकतम ६० प्रतिशतसम्म मात्र कायम गर्नुपर्ने व्यवस्था कायम छ । यो सीमा भने सबै प्रयोजनका विद्युतीय सवारीसाधन र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारीसाधनमा कायम छ ।






