Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

काठमाडौं, २१ असार २०८३ । प्रहरीका अनुसार आइतबार मुलुकका मुलुकका केही राजमार्गहरू पहिरोका कारण अवरुद्ध भएका छन् ।

प्रहरीका अनुसार आइतबार बिहान सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-२ कोदारी अरनिको राजमार्गमा पर्ने ईकु पहिरोमा वर्षाका कारण अन्दाजी ३० फिट सडक ५ मिटर भासिएको छ । जसका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

त्यस्तै बझाङको छविसपाथीभेरा जालेबगलमा माथिबाट ढुंगासहितको पहिरो आई राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

तपाईको प्रतिक्रिया