Online Bichar
शुक्रबार, आषाढ १९, २०८३ | Friday, July 3, 2026

काठमाडौं, १९ असार २०८३ । नेपाल शिक्षक महासंघको निर्वाचनमा सबै शिक्षकले मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

सरकारले बिहीबार स्वीकृत गरेको शिक्षा नियमावली १०औं संशोधनमा नेपाल शिक्षक महासंघ सम्बन्धी व्यवस्था राखिएको छ । जसमा महासंघको निर्वाचनमा सबै शिक्षकले मतदान गर्न पाउने व्यवस्था राखिएको हो ।

‘सबै शिक्षकले मतदान गर्न पाउने व्यवस्था विधानमा गर्नुपर्नेछ,’ नियमावलीमा भनिएको छ ।

यसअघि महासंघको निर्वाचनमा विभिन्न संस्थाहरूबाट प्रतिनिधिको सहभागी हुने गरेको थियो । ‘पहिले संस्थाहरूले प्रतिनिधि पठाउने गरेको थियो । अब विधान संशोधन गर्ने तयारी गरेका छौँ,’ महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने ।

 

तपाईको प्रतिक्रिया