Online Bichar
मंगलबार, जेठ २६, २०८३ | Tuesday, June 9, 2026

झापा, २५ जेठ २०८३ । झापाको दमकमा प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–६ स्थित दमक नगरपालिकाको कार्यालय अगाडि लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा सोमबार (आज) बिहान करिब १० बजे शंकास्पद अवस्थामा हिँडिरहेका एक युवकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ निवासी २५ वर्षीय सुजन नेम्वाङ रहेका छन्।

प्रहरीले उनको शरीर खानतलासी गर्दा उनले लगाएको पाइन्टको बाँया गोजीमा प्लास्टिकका साना पोकामा लुकाइछिपाइ राखिएको ४ ग्राम ५१० मिलिग्राम खैरो हेरोइन फेला पारेको जनाएको छ।

बरामद गरिएको लागूऔषधसहित नेम्वाङलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

तपाईको प्रतिक्रिया