Online Bichar
बिहिबार, भाद्र ११, २०८३ | Thursday, August 27, 2026

झापा, १२ पुस २०८२ । झापाको बिर्तामोडमा दुई समूहबिच ग्याङफाइट भएको छ । राति ८:३० बजेतिर बिर्तामोड– ५ सगरमाथा टोलमा ग्याङफाइट भएको हो । घटना पश्चात् प्रहरी टोली आउँदै गरेको थाहा पाएर झगडा गर्नेहरू त्यहाँबाट फरार भएका थिए ।

इलाका प्रहरी कार्यालय बिर्तामोडको टोली खटिएर हेर्दा उक्त स्थानमा कोही नभएको र मे ७ प८८ नम्बरको मोटरसाइकल तोडफोड अवस्थामा भेटिएको छ । तोडफोड र झैझगडामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास कार्य भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया