Online Bichar
मंगलबार, फाल्गुण ०५, २०८२ | Tuesday, February 17, 2026

काठमाडौं, २ पुस २०८२ । निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकेको छ । बुधबार आयोगले सातै प्रदेशका लागि मतदान स्थल तथा केन्द्रको टुंगो लगाएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकारको राजधानी भएका जिल्लामा मतदान केन्द्र तथा स्थल तय गरिएको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभाका सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूलगायत मतदाता हुन्छन् ।

यस्तो छ मतदान स्थल

कोशी प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर मोरङ

मधेश प्रदेश: महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका वडा ४ धनुषा

बागमती प्रदेश: भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका ४ मकवानपुर

गण्डकी प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा कास्की

लुम्बिनी प्रदेश: कर्मचारी मिलन केन्द्र, घोराही, दाङ

कर्णाली प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर, सुर्खेत

सुदूरपश्चिम प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी, कैलाली

तपाईको प्रतिक्रिया