झापा, ७ साउन २०८२ । झापाको गौरादहमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । गौरादह नगरपालिका-७ गक्षामारी बस्ने अन्दाजी ७७ वर्षिया तेज कुमारी उप्रेतीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आज साँझ अन्दाजी ७ः३० बजेको समयमा उप्रेतीले आफ्नै घर देखि ५ मिटर दक्षिणमा रहेको गाईको ग्वाली भित्र कुटि काट्ने क्रममा मेसिनबाट अचानक विद्युत सट भई करेन्ट लाग्दा घट्नास्थलमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय गौरीगंजबाट प्रहरी टोलि खटिएको जनाइएको छ । लास पोष्टमार्टमको लागि दमक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






