Online Bichar
आइतबार, माघ १२, २०८२ | Sunday, January 25, 2026

काठमाडौं, ७ साउन २०८२ । नेपाली बजारमा एक तोला सुनको मूल्य दुई लाख नजिक पुगेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार एक तोला सुनको मूल्य १ लाख ९७ हजार ६०० सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो सातादेखि सुन-चाँदीको मूल्य निरन्तर बढ्दो क्रममा छ।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज प्रतितोला चाँदी २ हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। मंगलबार एक तोला चाँदीको भाउ २ हजार ३२० रुपैयाँ पुगेको थियो।

 

 

तपाईको प्रतिक्रिया