Online Bichar
सोमबार, साउन २५, २०८३ | Monday, August 10, 2026

झापा, ३२ असार २०८२ । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलिदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ।

शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले सूचना जारी गरी दमक नगरपालिका वडा नं ३ दापगाछीस्थित दमक भ्यू टावर (दमक व्यापारिक कम्प्लेक्स) भोलिदेखि सर्वसाधारणको लागि स–शुल्क प्रवेश तथा अवलोकन खुला गरिने जनाएको छ । सो भ्यूटावर बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म परिसर खुला गरिने भएको छ ।

भ्यूटावर अवलोकन गरेको शुल्क प्रतिव्यक्ति सय रुपैयाँ तोकिएको छ । त्यस्तै पार्किङ शुल्क हलुका सवारीका लागि रु.२५ , बसका लागि ५० र मोटरसाइकलको लागि रु.१० तोकिएको छ ।

तपाईको प्रतिक्रिया