Online Bichar
बिहिबार, भाद्र ११, २०८३ | Thursday, August 27, 2026

काठमाडौं, २४ असार २०८२ । नेप्से परिसूचकले आज पनि ओरालो यात्रालाई निरन्तरता दिएको छ। नेप्से परिसूचक ०.१४ अंकले घटेर २६८३.८६ विन्दुमा अडिएको छ। अघिल्लो दिन सोमबार नेप्से परिसूचक २२.३५ अंकले घटेर २६८४.०१ विन्दुमा पुगेको थियो। साताको पहिलो कारोबार दिन आइतबार एकल अंकले बढेर २७ सय विन्दुमा उक्लिएको थियो।

नेप्से घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ। यसदिन ३०४ स्क्रिप्सको १ करोड ५० लाख २७ हजार ३७३ कित्ता सेयर ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार ८१४ रुपैयाँमा खरिदबिक्री भए।सोमबार ८ अर्ब ३७ करोडको सेयर कारोबार भएको थियो।

सेयर बजार सामान्य अंकले घटेपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। बुटवल पावरको सेयर सर्वाधिक ८.२१ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५१ करोड ६७ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

बुटवल पावरको ४१ करोडको सेयर कारोबार हुँदा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ४१ करोड,लक्ष्मी सनराइज बैंक प्रोमोटरको २४ करोड र राधी विद्युतको २३ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये १३३ स्टक्सको मूल्य बढ्दा ११५ वटाको घट्यो। सात समूहको उपसूचक बढ्दा अन्यको घट्यो।

 

तपाईको प्रतिक्रिया