Online Bichar
आइतबार, आषाढ २८, २०८३ | Sunday, July 12, 2026

काठ्माडौं, २२ असार २०८२ । नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। परिसूचक २.४० अंकले बढेर २७०६.३६ विन्दुमा कायम भएको छ। यसदिन ३१८ स्क्रिप्सको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता सेयर ९ अर्ब ५० करोड ३ हजार २६८ रुपैयाँमा खरिदबिक्री भए।

नेप्से सामान्य अंकले बढेपनि एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नेपाल फाइनान्सको सेयर १० प्रतिशतले बढ्यो। कारोबारमा आएकामध्ये ८७ स्टक्सको मूल्य बढ्दा १६२ वटाको घट्यो।

कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४९ करोड ४० लाख मूल्य बराबरको सेयर कारोबार भयो। लक्ष्मी सनराइज बैंकको ३७ करोड मूल्य बराबरको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको ३४ करोड,गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ३२ करोड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २८ करोड मूल्य बराबरको कारोबार भयो।

सातवटा समूहको उपसूचक बढ्दा अन्यको घट्यो। यसदिन अर्दश समूहको उपसूचक सर्वाधिक ३.०६ प्रतिशतले बढ्यो।

 

तपाईको प्रतिक्रिया