Online Bichar
आइतबार, माघ १२, २०८२ | Sunday, January 25, 2026

मोरङ, ८ असार २०८२ । उत्तरी मोरङको लेटाङ–७ कुम्लेमा चट्याङ लागेर एक हलगोरु मरेका छन् । कुम्लेका दलबहादुर लिम्बूले गोठमा बाँधेका हलगोरू चट्याङको झट्का लागेर मरेको लेटाङ-७ की महिला वडा सदस्य पूर्णमाया राईले बताए ।

वडा सदस्य राईका अनुसार घर नजिकै बाहिर खुल्ला रुपमा बाँधेका चार वटा पशुमध्ये हलगोरू मात्र मरेका हुन् । दलबहादुर लिम्बूका छोरा इन्द्र लिम्वूले खेत जोत्ने समयमा गोठका हलगोरू मर्दा ८५ हजार रुपियाँ क्षति भएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया