Online Bichar
बिहिबार, भाद्र ११, २०८३ | Thursday, August 27, 2026

काठमाडौं, ६ असार २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आफ्नो पार्टीले उठाउँदै आएका विषयवस्तु प्रधानमन्त्रीलाई सुनाउन नपाएपछि बैठक बहिष्कार गरेको बताएका छन्। ‘भिजिट भिसा’ प्रकरणलाई लिएर संसद्मा विरोध जनाउँदै आएको सो पार्टीले आजको बैठकमा आफ्नो कुरा राख्न नपाउने र प्रधानमन्त्रीलाई सुनाउन नपाएको भन्दै बैठक बहिष्कार गर्नुपरेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए।

‘हामी प्रधानमन्त्रीज्यूलाई हाम्रा कुरा सुनाउन चाहन्थ्यौँ,उहाँ हाम्रा कुरा नसुनी बैठकबाट निस्किनुभयो । त्यसपछि हामी पनि निस्क्यौँ,’ उनले भने।

उनीहरूको विरोधका कारण आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमसमेत प्रभावित भएको छ। बैठक सुरू हुनेवित्तिकै नाराबाजीमा उत्रिएपछि सभामुखले बैठकको निर्धारित कार्यसूची अघि बढाउन आग्रह गरेका थिए। सभामुखको आग्रहलाई अटेरी गरेपछि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सूचीबाट हटाइएको थियो।

प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाका सबै सांसदहरूले विरोधस्वरूप कालोवस्त्र र नीलो ‘रिबन’ लगाएर उपस्थित भएका थिए ।

 

तपाईको प्रतिक्रिया