Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

झापा, २५ जेठ २०८२ । झापाको कनकाई नगरपालिका वडा नं. २ धनुषकोटीस्थित माई खोलाको बिच भागमा भेटिएको बेवारिसे शवको पहिचान खुलेको छ ।

सो शव कमल गाउँपालिका वडा नं ५ सितापुरी बस्ने ८० वर्षीय लीलाप्रसाद बास्कोटाको भएको आफन्तले बताएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालले जानकारी दिए ।

बास्कोटा हिजो बिहानदेखि हराएका थिए । खोलामा शव देखेर स्थानीयले आज बिहान इलाका प्रहरी कार्यालय सुरुङ्गामा जानकारी गराएका थिए ।

 

तपाईको प्रतिक्रिया