Online Bichar
सोमबार, मंसिर ०२, २०८२ | Monday, November 17, 2025

झापा, १३ वैशाख २०८२ । झापाको बिर्तामोडमा विषालु सर्पको डसाईबाट एकजनाको मृत्यु भएको छ । आज साँझ विषालु सर्प सेतो गोमनको डसाईबाट बिर्तामोड-७ भुसावारी बस्ने अन्दाजी ४८ वर्षीय सजनलाल राजवंशीको मृत्यु भएको हो ।

साँझ घरनजिकै पूजा गर्ने क्रममा झाडीमा उनलाई सर्पले डसेको थियो । घाइते राजवंशीलाई उपचारका लागि चारआली सर्पदंश उपचार केन्द्र लगिएकोमा त्यहाँ संभव नभएपछि बीएण्डसी अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको बिर्तामोड-७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिएका छन् ।

गर्मी बढेसंगै सर्पको विगविगी बढेको छ । आजै दिउँसो विषालु सर्पले डसेर बेलबारी नगरपालिका–४ स्थित हिमालय चोक निवासी कुमार विश्वकर्माका ६ वर्षीय छोरा विपिन विश्वकर्माको मृत्यु भएको थियो ।

 

तपाईको प्रतिक्रिया