Online Bichar
बुधबार, जेठ ०१, २०८२ | Wednesday, May 14, 2025

काठमाडौं, १२ वैशाख २०८२ । सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षक आन्दोलन टुंग्याउन निर्देशन दिएपछि शिक्षक र सरकारबीच वार्ता हुने भएको छ ।

नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले शिक्षक र सरकारबीच वार्ता हुन लागेको जानकारी दिएकी छिन् ।

“भर्खर सडकको कार्यक्रम सकियो । हामी सडकमै छौँ,” उनले भनिन्, “शिक्षामन्त्रीले बोलाउनुभएको छ । सल्लाह गरेर भेट्न जान्छौँ ।”

शिक्षामन्त्री रघुजी पन्तले आज शुक्रबारै विज्ञप्ति जारी गरेर शिक्षकहरूलाई वार्तामा बोलाएका थिए ।

 

तपाईको प्रतिक्रिया