विराटनगर, ५ वैशाख २०८२ । स्रोत नखुलेको नेपाली ७ लाख रुपैयाँसहित १ जना भारतीय नागरिक शुक्रबार दिउँसो विराटनगरबाट पक्राउ परेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार भारतको जोगवनी घर भएका ५० वर्षीय सुधीर श्रीवास्तवलाई दिउँसो २ः१५ बजेतिर पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय रानीको टोलीले श्रीवास्तवलाई विराटनगर महानगरपालिका–१५ हनुमान मन्दिर नजिकबाट पक्राउ गरेको जोशीले बताए ।
उनका अनुसार को१८प ४१७९ नम्बरको मोटरसाइकलमा सवार रहेका उनलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा साथबाट स्रोत नखुलेको नेपाली ७ लाख रुपैयाँ बरामद भएको छ । श्रीवास्तवको साथबाट नेपाली ५ सय रुपैयाँ दरको ४ सय र १ हजार रुपैयाँ दरको ५ सय थान नोट बरामद भएको हो ।
अवैध रकम बरामद भएपछि उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । श्रीवास्तवलाई आवश्यक अनुसन्धान एवं कारबाहीका