काठमाडौं, १६ फागुन २०८१ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालन समितिको आज बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो।
निगमले डिजेल र मट्टितेलमा १/१ रुपैयाँ घटाएको हो। पेट्रोल र एलपी ग्यासको मूल्यमा हाललाई यथावत् रहेको निगमले जनाएको छ। घटाइएको मूल्य राति १२ बजेदेखि लागू हुने छ।