Online Bichar
मंगलबार, मंसिर २४, २०८२ | Tuesday, December 9, 2025

अर्घाखाँची, २८ कार्तिक २०८१ । अर्घाखाँचीको शितगंगा नगरपालिकामा भान्जाको हत्या आरोपमा मामा पक्राउ परेका छन्। ३५ वर्षीय तिलक रेश्मी जिकैको भिरपाखोमा मृत अवस्थामा फेला परेका थिए।

उनको हत्यामा शितगंगा नगरपालिका-६ सानाढुंग्रेका ५३ वर्षीय झन्द्रबहादुर गाहाको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए।

सोमबार साँझ दुबै जना मादक पदार्थ सेवन गरेको र दुईबीच झगडा हुँदा राति १ बजेतिर घटना घटेको प्रहरीको अनुसन्धानबाट खुलेको हो। प्रहरीले गाहामाथि कानुनी काराबाहीको प्रक्रिया सुरु गरेको छ। अर्घाखाँची जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी मल्लले बताए।

 

 

तपाईको प्रतिक्रिया