Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

ललितपुर, १५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले शारीरिक सुगठनमा स्वर्ण पदक विजेता बनेका नेपाली खेलाडी महेश्वर महर्जनलाई बधाई दिएक छन् ।

अध्यक्ष प्रचण्डको निमन्त्रणामा प्रचण्ड निवास खुमलटार पुगेका महर्जनले हालै मात्र सम्पन्न शारीरिक सुगठनमा विश्वस्तरको प्रतियोगितामा संवरण पदक जितेका थिए ।

उक्त अवसरमा अध्यक्ष प्रचण्डले प्रतियोगितामा प्राप्त सफलताले देशको गौरव उँचो पार्न सहयोग गरेको भन्दै बधाई दिएका थिए । ‘तपाईले उत्कृष्ट कौशल देखाउनुभयो । यसबाट नेपाल र नेपालीको शीर गौरवले उच्च भएको छ’ अध्यक्षले भेटका अवसरमा भने, ‘विश्वस्तरको प्रतियोगितामा नेपालका तर्फबाट तपाईको प्रस्तुतीले नेपाली पनि अवसर पाए कम छैनन् भन्ने स्पष्ट पारेको छ ।’

आफूले खेल क्षेत्रलाई सधैं प्राथमिकतामा राखेको भन्दै अध्यक्षले नेपालको समृद्धि र विकासमा खेल क्षेत्र र खेलाडीहरुको ठूलो भूमिका रहने समेत बताए । राष्ट्रिय एकता तथा विश्वका अगाडि नेपाललाई चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको भन्दै प्रचण्डले पार्टी र सरकारका तर्फबाट शारीरिक सुगठनलगायत नेपालको खेल क्षेत्रलाई अझ विकास गर्ने समेत बताए ।

खेलाडी महर्जनजले व्यक्तिगत लगानी र प्रयासमा ७५ किलो तौल समूहमा स्वर्ण पदक जितेपनि यसक्षेत्रमा राज्यले नै सहयोगी वातावरण बनाइदिन आग्रह गर्दै मिस्टर युनिभर्समा समेत सहभागी हुने इच्छा प्रकट गरेका थिए ।

रातोपाटीबाट

तपाईको प्रतिक्रिया