Online Bichar
मंगलबार, साउन १२, २०८३ | Tuesday, July 28, 2026

काठमाडौँ, २१ साउन २०८१ । यसवर्षको मनसुनजन्य विपद्‍बाट हालसम्म एक सय ५४ जनाको मृत्यु भएको छ। बाढी, पहिरालगायत विपद्‌बाट काठमाडौँ उपत्यकामा तीन, कोसीमा २५, मधेशमा छ, बागमतीमा ३०, गण्डकीमा ४३, लुम्बिनीमा २९, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

विपद्‍मा परी ४७ जना बेपत्ता तथा एक सय ८६ जना घाइते भएका छन्। बाढीका कारण तीन सय ८४ घर डुबानमा परेका छन्।

दुई सय ६१ घर, ९५ गोठ, ४३ पुल, दुईरदुई वटा विद्यालय र सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ। गत जेठ २८ यता विपद्का घटनाबाट चार हजार दुई सय ३८ घर परिवार विस्थापित भएका छन्।

 

तपाईको प्रतिक्रिया