Online Bichar
आइतबार, माघ १३, २०८१ | Sunday, January 26, 2025

विराटनगर, १६ साउन २०८१ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले वर्तमान सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् ।

बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आठ बुँदे माग सार्वजनिक गरेका कार्कीले सम्बोधन नभए आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

कार्कीले आफ्नो नेतृत्वमा सरकार हुँदा सुरु भएका महत्वपूर्ण योजनालाई समावेश गर्न माग गरेका छन् । उनले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, जनावारमैत्री जंगल, महिला स्वयंसेवकलाई प्रोत्साहन कार्यक्रम, केशलीया करिडोर निर्माण, विपन्न विद्यार्थीलाई छात्रवृत्ति, सुकुमवासीलाई जग्गा खरिदमा ब्याज अनुदान र प्रदेशमा सगरमाथा दिवस मनाउने कार्यक्रम सम्बोधन गर्न माग गरे ।

आफ्नो नेतृत्वमा सुरु भएका राम्रा कामलाई अभिछिन्न उत्तराधिकारी रहने यो सरकारले पनि अघि बढाउनुपर्ने उनको माग छ ।

 

तपाईको प्रतिक्रिया