Online Bichar
बिहिबार, जेठ ०२, २०८२ | Thursday, May 15, 2025

काठमाडौं, १६ साउन २०८१ । आज छापावाला सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँ बढेको छ। आज छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४५ हजार ३०० कारोबार भएको थियो।

यस्तै, चाँदी १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ४१६ दशमलव ८९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ डलर ५७ पैसामा कारोबार भइरहेको छ।

 

तपाईको प्रतिक्रिया