Online Bichar
शनिबार, कार्तिक २९, २०८३ | Saturday, November 14, 2026

झापा, १३ असार २०८१ । लागुऔषध ब्राउनसुगरसहित एक जना व्यक्ति पक्राउ परेका छन् । झापाको दमक नगरपालिका-१ घर भई शिवसताक्षि नगरपालिका-१० टेकक्रा बस्ने अन्दाजी २६ वर्षिय प्रदिप तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार(हिँजो)अन्दाजी ६ः४० बजेको समयमा तामाङले अवैध लागु औषध बेचबिखन गर्दैछन भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोलिले उनलाई लाई सोधपुछ गरी घर खानतलासी गर्दा घरभित्र २ ग्राम ८७ मिलि ग्राम ब्राउनसुगर र नगद २० हजार ४ सय २० फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका तामाङलाइ इलाका प्रहरी कार्यालय झिलझिलेमा ल्याई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया