Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं,६ पुस । नेपाली कांग्रेसको जारी महासमिति बैठक लम्बिँदै गइरहेका बेला शीर्ष नेताहरुले पदाधिकारीबारे सहमति गरेका छन् । नेताहरुबीचको लामो रस्साकसीपछि पदाधिकारी चयनबारेको विवाद साम्य भएको हो ।

अब कांग्रेसमा सहमहामन्त्रीको संख्या ७ पुर्‍याइने भएको छ । आज बिहान बसको बैठकमा शीर्ष नेताहरुले जुटाएको सहमतिअनुसार नेतृत्व तहलाई समावेशी बनाउन भन्दै सह(महामन्त्रीको संख्या ७ पुर्याउन लागिएको हो । यसैगरी उपसभाति र महामन्त्री २र२ जना हुने नयाँ सहमति भएको छ ।

यसअघि शीर्ष नेताबीच मंगलबार राति एक सभापति, दुईरदुई उपसभापति र महामन्त्री तथा सह–महामन्त्री तथा एक कोषाध्यक्ष गरी आठ जना केन्द्रीय पदाधिकारी राख्ने सहमति भएको थियो ।

अब कांग्रेसमा पदाधिकारीको संख्या १३ कायम हुने भएको छ । यसमा कोषध्यक्षबाहेक अरु सबै निर्वा्चित हुनेछन् । आजको सहमतिअनुसार नेताहरु अघि बढेमा पदाधिकारीमा समावेशी सिद्धान्त लागू हुनेछ ।

अब विधान संशोधन मस्यौदा समितिले केन्द्रीय कार्यसमितिमा प्रस्ताव लैजाने बताइएको छ । त्यसपछि महासमितिमा विधान संशोधन प्रस्ताव पेश भई त्यसमाथि छलफल हुनेछ ।

महासमिति बैठक सुरु भएको ६ दिन भइसक्दा पनि न राष्ट्रिय मुद्दामा बहस भएको छ, न आन्तरिक जीवन सुदृढीकरणको विषयमा । विधान मस्यौदा महासमितिमा पेशसमेत नहुँदा पार्टी एकढिक्का भइदिए हुन्थ्यो भन्ने चाहना बोकेर आएका प्रतिनिधि एवं कार्यकर्ता निराश भएका थिए ।
न्यूज२४बाट

तपाईको प्रतिक्रिया