Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

काठमाडौं, ५ वैशाख २०८१ । अखिल नेपाल फुटबल संघ ९एन्फा० उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। लामा बुधबार काठमाडौंबाट पक्राउ परेका हुन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्रसिंह राठौरले लागुऔषध मुद्दामा दोषी ठहर भएका लामालाई पक्राउ गरिएको जानकारी दिए।उनका अनुसार लामा लागुऔषध मुद्दाका फरार प्रतिवादी हुन्।

उच्च अदालत पाटनबाट लामालाई लागुऔषध खैरो हिरोइन बेचबिखनको कसुरमा दोषी ठहर गर्दै ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको थियो। लामा कैद र जरिवाना भुक्तान नगरी फरार रहेका थिए।

उनलाई कैद भुक्तानका लागि पक्राउ गरिएको हो। प्रहरीले लामालाई पक्राउ गरेर अदालत पेश गर्ने तयारी गरिरहेको छ।

तपाईको प्रतिक्रिया