Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

काठमाडौँ, ३ वैशाख २०८१ । एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र हङकङबिचको खेल वर्षाले प्रभावित बनेको छ । ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा बिहान ११:४५ बजे सुरु हुनुपर्ने खेलमा टस समेत हुन सकेको छैन ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल लगातार तेस्रो जित निकाल्दै एक खेल अगावै सेमिफाइनल पुग्ने लक्ष्यमा छ । यसअघि समूहको पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेट तथा कतारलाई ३२ रनले हराएको थियो ।

यस्तै हङकङ पनि दोस्रो जित निकाल्ने योजनामा छ । हङकङले यसअघि कतारलाई २६ रनले पराजित गरेको थियो । हङकङ साउदी अरेबियासाँग भने ५५ रनले पराजित भएको थियो ।

 

तपाईको प्रतिक्रिया