Online Bichar
शनिबार, बैशाख २२, २०८१ | Saturday, May 4, 2024

काठमाडौं, २१ चैत २०८० । नेपालले गुजरातलाई ८ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ। नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर १७३ रनमात्र बनाउनसक्यो।

गुजरातका लागि उमंग रोहित कुमारले सर्वाधिक ४७ रन बनाए भने हर्ष के देसाईले २९ रन बनाए। नेपालका लागि कुशल मल्लले २ र सोमपाल कामीले २ विकेट लिए।

त्यसअघि नेपालले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर १८१ बनाएको थियो। नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट पारी खेलेका थिए। कुशल ६७ रन र आसिफ ८५ रन बनाएर पेभेलियन फर्किएका थिए।

अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। कप्तान रोहित कुमार पौडेलले ३, सन्दीप जोराले २, कुशल मल्लले १, गुल्झन झाले ४ र अनिल साह शून्यमै आउट भए। विवेश यादव ७ र प्रतिश जिसी ४ रनमा अविजित रहे। नेपालले यसअघि गुजरात र बरोडालाई हराइसकेको छ।

 

तपाईको प्रतिक्रिया