Online Bichar
आइतबार, बैशाख १६, २०८१ | Sunday, April 28, 2024

काठमाडौं, २९ माघ २०८० । आर्थिक वर्ष २०८०/०८१ को प्रथम ६ महिनाको अवधिमा गत वर्षको तुलनामा धान उत्पादन घटेको छ। यसअवधिमा ४ दशमलव ३ प्रतिशत धान उत्पादन भएको हो। जुन गत वर्षभन्दा २.६ प्रतिशत कम हो।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा सो अवधिमा धान उत्पादन ४.३ प्रतिशतले बढेको उल्लेख छ।

जुन गत आर्थिक वर्षको यस अवधिमा ६ दशमलव ९ प्रतिशतले बढेको थियो। चालु आर्थिक वर्षको पुस महिनासम्ममा शोधान्तर स्थितिमा उल्लेख्य सुधार भएको छ। अघिल्लो वर्ष ९२ अर्ब १५ करोड बचत रहेको शोधान्तर स्थित अहिले २ अर्ब ७३ करोडले बचतमा रहेको छ।

यसैगरी सो अवधिमा उपभोक्ता मूल्य सूचांकमा आधारित औसत मुद्रास्फीति ६.४७ प्रतिशत रहेको छ।

तपाईको प्रतिक्रिया