Online Bichar
शुक्रबार, फाल्गुण ११, २०८० | Friday, February 23, 2024

सुर्खेत, ४ माघ २०८० । सुर्खेतको पञ्चपुरी नगरपालिकामा छोरीलाई बलात्कार र छोराको हत्या गरेको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको छ । पञ्चपुरी नगरपालिका–६, कुवापानीका १८ वर्षीय छोरा भरत बुढाको हत्या गर्ने ४५ वर्षीय बुबा नयाराम बुढालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । टीकापुर–१ लम्किपुरबाट बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायब निरीक्षक नारायण शर्मा, प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदी, इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी प्रमुखको टोली टीकापुर गएको थियो । मोबाइल लोकेसनका आधारमा अनुसन्धान टोलीले पक्राउ गरेको हो ।

लम्कीपुरमा बुढा साडुदाइको घरमा बसिरहेको प्रहरीले जनाएको छ । मङ्गलबार बुढाले बन्चरो प्रहार गरी छोराको हत्या गरेको प्रहरीले प्राप्त गरेका विभिन्न आधारबाट पुष्टि भएको थियो । बहिनीलाई बलात्कार गरेको आरोपमा दाइले बुबाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही कारण छोराको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

 

तपाईको प्रतिक्रिया