Online Bichar
आइतबार, भाद्र ३०, २०८१ | Sunday, September 15, 2024

काठमाडौं, २५ पुस २०८० । सेयर बजारमा उतारचढाव कायमै रहेको छ। साताको चौथो कारोबार दिन आज सेयर बजार एकल अंकले बढेको । नेप्से परिसूचक ९.५० अंकले बढेर २०८९.६२ विन्दुमा कायम भएको छ। आइतबार २६ अंकले घटेको नेप्से सोमबार ३६ अंकले बढेको थियो। कारोबारको अघिल्लो दिन मंगलबार २०.६२ अंकले बढेर बन्द भएको थियो। नेप्से एकल अंकले बढेसँगै कारोबार रकम भने मंगलबारको तुलनामा घटेको छ।

आज ३०१ स्क्रिप्टको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता सेयर ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९ रुपैयाँमा खरिदबिक्री भए। मंगलबार ६ अर्ब बढी मूल्यको सेयर किनबेच भएको थियो।

आज चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। मनकामना स्मार्ट लघुवित्त वित्तीय र हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढ्यो। यसैगरी मुक्तिनाथ कृषि र नेपाल वेयरहाउस कम्पनीको ९.९९ प्रतिशतले सेयर बढेको हो। नगदी ग्रुपकको ९.९६ प्रतिशतले बढ्यो।

यसदिन छिमेक लघुवित्त र ग्लोबल आईएमई बैंकको डेवेन्चर २०८६(८७को मूल्य ५ प्रतिशत बढीले घट्यो। कारोबार रकमका आधारमा सोनापुर अग्रस्थानमा रह्यो। सो कम्पनीको ३२ करोड बढी रुपैयाँको सेयर कारोबार भयो।

यसैगरी रिलायबल नेपाल लाइफको २८ करोड,नगदी ग्रुपको १५करोड,हाथवे इन्भेस्टमेन्टको १४ करोड र एनआरएन इन्फ्रास्टक्चरको १२ करोड बढी मूल्यको सेयर कारोबार भयो। आज ११८ कम्पनीको मूल्य बढ्दा ११८ वटाकै मूल्य घट्यो। ११ कम्पनीको मूल्य भने स्थिर रह्यो।

कारोबारमा आएका १३ उपसमूहमध्ये ६ वटको मूल्य बढ्दा ७ वटाको उपसूचक भने ओरालो लाग्यो। अदर्श समूहको सूचक सर्वाधिक २।२१ प्रतिशतले बढ्यो।

 

तपाईको प्रतिक्रिया