Online Bichar
शनिबार, जेठ १२, २०८१ | Saturday, May 25, 2024

काठमाडौं, २३ पुस २०८० । नेपाल विज्ञापन संघ (आन) को अध्यक्षमा सुदीप थापा निर्विरोध चयन भएका छन् । संघको २४औँ वार्षिक साधारण सभाले संघको ११ औं केन्द्रीय कार्य समिति निर्वाचित गरेको हो। कोषाध्यक्ष तथा सातजना सदस्य भने निर्वाचन प्रणालीमार्फत चयन भएको छ। थापाको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति चयन भएको छ। प्रथम उपाध्यक्षमा उजय शाक्य, द्वितीय उपाध्यक्षमा पंकज लाल प्रधान, महासचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा साजन श्रेष्ठ र सचिवमा सन्तोष खड्का निर्वाचित भएका हुन्।

यस्तै कार्यसमिति सदस्यमा अरुणकाजी स्थापित, रोशन रेग्मी, आरसी सन्तोष सिलवाल गिरी, दिपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनिस अधिकारी र प्रभात रिमाल निर्वाचित भएका हुन्।

तपाईको प्रतिक्रिया