Online Bichar
मंगलबार, बैशाख ३०, २०८२ | Tuesday, May 13, 2025

काठमाडौं, १७ पुस २०८० । सामसङले सर्वाधिक बिक्रीको सूचीमा रहेका ५ वटा मोबाइलहरूको मूल्य घटाउने घोषणा गरेको छ।

सामसङले ग्यालेक्सी ए३४ ५जी, ग्यालेक्सी ए०४एस, ग्यालेक्सी ए०४, ग्यालेक्सी एम १४ ५जी र ग्यालेक्सी एम०४ को मूल्य घटाउने घोषणा गरेको हो। यी मोडलहरूको मूल्य दुई हजार रूपैयाँ घटाउने कम्पनीले जनाएको हो।

सामसङले आफ्नो ग्राहकहरूको लागि अंग्रेजी नयाँ वर्ष थप खास बनाउने योजनामा यो अफर सार्वजनिक गरेको हो।

यी ५ वटा मोडल नेपालमा सर्वाधिक बिक्री हुने मोडलहरू हुन्।

आकर्षक विशेषताहरू र पावरफुल पर्फर्मेन्सबाहेक ग्यालेक्सी ए३४ ५जीमा ५ वर्षको सेक्युरिटी अपडेट र ४ ओएस अपग्रेडहरूको सुविधा छ।

यसैगरी, ग्यालेक्सी ए०४, ग्यालेक्सी ए०४एस, ग्यालेक्सी ए०४ र ग्यालेक्सी एम०४ मा पनि ४ वर्षको सेक्युरिटी अपडेट र २ ओएसको अपग्रेडहरूको सुविधा रहेको कम्पनीको भनाइ छ।

 

 

तपाईको प्रतिक्रिया