Online Bichar
सोमबार, आषाढ ३२, २०८१ | Monday, July 15, 2024

काठमाडौँ, १६ पुस २०८० । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ताको दस्तखत किर्ते गरेर ईपीएस कोरियाबारे भ्रामक सूचना सार्वजनिक भएको छ । ईपीएस कोरियाबारे विवाद चर्किरहेका बेला सामाजिक सञ्जालमा भ्रामक सूचना सार्वजनिक गरिएको हो ।

उच्च अदालत पाटनको आदेश बमोजिम सिप बिल्डिङ क्षेत्रका आवेदकहरूको लागि १३ हजार ५८ जनाको कोटा छुट्टाइएको भन्दै भ्रामक सूचना सार्वजनिक गरिएको छ ।

श्रम मन्त्रालयले उक्त भ्रामक सूचना सार्वजनिक गर्ने विरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा आवश्यक कारबाहीका लागि पत्राचार गरेको छ । मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले पूर्णतः असत्य र भ्रामक सूचना सम्प्रेषण गर्ने व्यक्तिलाई आवश्यक अनुसन्धान गरी कानुन बमोजिम कारबाहीको गर्न साइबर ब्युरोलाई पत्राचार गरिएको बताए ।

सामाजिक सञ्जालमा राखिने गलत सूचनामा कुनै आधिकारिकता नहुने हुनाले यस्ता भ्रामक सूचना सम्बन्धमा समयमै सजग एवं सचेत हुन र मन्त्रालय तथा मातहतका निकायहरूको काम कारबाही सम्बन्धमा मन्त्रालय तथा अन्तर्गत निकायहरूको आधिकारिक वेबसाइट मार्फत मात्र जानकारी लिन सबैमा अनुरोध गरेको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया