Online Bichar
सोमबार, बैशाख ०३, २०८१ | Monday, April 15, 2024

मोरङ, १४ पुस २०८० । मोरङमा एक सहकारीबाट ४ लाख रुपैयाँभन्दा बढी नगद चोरी भएको छ । कानेपोखरी गाउँपालिका-७ बरगाछी चोकस्थित जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा गएराति चोरी भएको हो ।

प्रहरीका अनुसार सहकारीबाट नगद ४ लाख १४ हजार ८ सय १ रुपैयाँ चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया