Online Bichar
सोमबार, माघ २८, २०८१ | Monday, February 10, 2025

काठ्माडौं, १२ पुस २०८० । साताको अन्तिम कारोबार दिन आर्थात् बिहीबार नेप्से परिसूचक १.९३ अंकले घटेर २०६८.९० विन्दुमा बन्द भएको छ। बिहीबारको बजारमा ४ अर्ब २९ करोड ९ लाख ३२ हजार २९७ रूपैयाँको सेयर कारोबार भएको छ।

बुधबार ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार ६११ रूपैयाँको सेयर कारोबार भएको थियो।

यो रकम अघिल्लो दिनको तुलनामा ९५ करोड रूपैयाँ कमी हो।

यस दिन ३०३ वटा धितोपत्रको १ करोड १६ लाख ५८ हजार ११० कित्ता सेयर किनबेच भएको हो।

बिहीबार १०३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३५ वटाको घटेको छ। यस्तै, ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन ५ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।

भिजन लुम्बिनी ऊर्जा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५३४ रूपैयाँ ६० पैसा पुगेको छ।

यस्तै, चिरख्वा हाइड्रोपवर, हाथवे इन्भेष्टमेन्टको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ। यसैगरी, मनकामना इन्जिनियरिङ हाइड्रोपावर र मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ।

यसैगरी, धैलागिरी लघुवित्त र बिपिडब्ल्यु लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।

उक्त कम्पनीहरूको प्रति कित्ता मूल्य क्रमशः ९२४ रूपैयाँ ३० पैसा र एक हजार ३६४ रूपैयाँ ४० पैसा कायम भएको छ।

बिहीबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ४५४ रूपैयाँ १० पैसामा १४ करोड ३८ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ९.४० प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५६९ रूपैयाँ ९० पैसामा १३ करोड ५६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।

यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.१२ प्रतिशतले बढेको छ।

यस्तै, व्यापार समूहको परिसूचक सर्वाधिक १.७१ प्रतिशतले घटेको छ।

 

तपाईको प्रतिक्रिया