Online Bichar
आइतबार, बैशाख ०२, २०८१ | Sunday, April 14, 2024

काठमाडौं, ११ पुस २०८० । शेयर बजारमा बुधबार पनि गिरावट आएको छ । बजार परिसूचक नेप्से १७ दशमलव २३ विन्दुले घटेर २०७० दशमलव ८४ को विन्दुमा आएको हो ।

गत कारोबार दिनको तुलनामा बुधबार कारोबार रकम पनि घटेको छ । घटेको बजारमा पनि ११ वटा कम्पनीको सकारात्मक सर्कित लेभलमा कारोबार भएको छ ।

उपसूचकहरु मध्ये दुई वटा उपसूचक मात्रै बढेका छन् । बुधबार ३०७ कम्पनीको १ करोड ४३ लाखभन्दा बढी कित्ता शेयर ५ अर्ब २४ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ । सोना सिमेन्टको सर्वाधिक १९ करोड ६६ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद बिक्री भएको छ ।

 

तपाईको प्रतिक्रिया