Online Bichar
शुक्रबार, बैशाख ०४, २०८३ | Friday, April 17, 2026

काठमाडौँ, १ पुस २०८० । नेपाल आयल कर्पोरेसनको निमित्त प्रबन्ध निर्देशकमा नागेन्द्र शाह नियुक्त भएका छन् । कर्पोरेसनका प्रमुख उमेश थानीले राजीनामा दिएपछि निगमको नेतृत्व खाली भएको थियो । नेतृत्वमा नयाँ व्यक्ति नआउन्जेलका लागि शाहले निमित्त कार्यकारीको जिम्मेवारी पाएका हुन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नागेन्द्र शाहलाई निमित्तको जिम्मेवारी दिएको बताए । उनले रातोपाटीसँगको कुराकानीमा भने, ‘निगम कार्यरतमध्ये सबैभन्दा सिनियरलाई निमित्तको जिम्मेवारी दिइएको छ ।’

नेपाल आयल निगमलाई मन्त्रालयले सिनियर कर्मचारीको सूची मागेको थियो । सोअनुसार निगमले शुक्रवार नागेन्द्र शाह, वीरेन्द्र गोइत र दिपक बरालको नाम पठाएको थियो । निगमको ‘सिनियरिटी’ मा शाहपछि गोइत र बरालको नाम पठाइएको थियो ।

यस्तै, खाली प्रबन्ध निर्देशकको पदमा आवेदन खुलाउने तयारी भइरहेको मन्त्री रिजालले बताए । उनले आवश्यक छलफलपछि भोलि वा पर्सिसम्ममा प्रमुख पदको आवेदन खुलाउने तयारी भइरहेको बताए ।

 

तपाईको प्रतिक्रिया