Online Bichar
मंगलबार, फाल्गुण २२, २०८० | Tuesday, March 5, 2024

एजेन्सी, १५ मंसिर २०८० । गाजामा हमासले बन्धक बनाएका थप ८ बन्धक रिहा भएका छन् । युद्धविरामको थपिएको एक दिन अर्थात् सातौ दिन विहीबार हमासले ८ जना इजरायलीलाई रिहा गरेको हो । बुधबार छाडिएको दुई जनालाई पनि हिजैको गिन्ति गरिएको छ ।

योसंगै हिजो १० जना रिहा गरिएको बदलामा इजरायले ३० जना प्यालेस्टायनी कैदी छाडेको जनाएको छ । युद्धविरामको अवधि थप लम्ब्याउन अन्तर्राष्ट्रिय मध्यस्थकर्ताको पहल जारी छ ।

 

तपाईको प्रतिक्रिया