Online Bichar
आइतबार, आषाढ १०, २०८१ | Sunday, June 23, 2024

काठमाडौं, २७ कार्तिक २०८० । नेपालमा थप चार स्थानमा प्याराग्लाइडिङ जोन तोकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार रामेछापको मानेडाँडा, दाङको राप्ती, मकवानपुरको चित्लाङ र स्याङ्जाको आँधीखोलामा प्याराग्लाइडिङ जोन तोकिएको हो ।

यसमध्ये केही जोनमा व्यवसायिक उडान समेत सुरु भइसकेको छ । चित्लाङमा चन्द्रागिरिबाट प्याराग्लाइडिङ थालिएको छ ।

प्राधिकरणले अनुमति दिएको स्थानमा मात्र यस्ता साहसिक गतिविधि गर्न पाइन्छ । पोखराबाट सुरु भएको यो साहसिक खेल पछिल्लो समय देशव्यापी विस्तार भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया