Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, १७ कार्तिक २०८० । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत आज र भोली दुई दिन बालबालिकालाई भिटामीन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ ।

हरेक वर्ष सरकारले पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएकोमा यस वर्ष दशैँ परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दुई दिने अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ ।

यसैगरिे १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया