Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

जेबि खड्का
गौरादह, २१ असोज २०८० । शुभलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। सामुदायिक भवन गौरादहमा सम्पन्न साधारणसभामा संस्थाका अध्यक्ष प्रकाश कार्कीले संस्थाको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए। कार्कीद्वारा प्रस्तुत प्रतिबेदनमा संस्था २५ औं साधारणसभा सम्म आइपुग्दा प्रधान कार्यलय गौरादहबाट सुरु भई हाल सम्म गौरादह नगरपालिकाको बैगुन्धुरा र चप्रामारी बजारमा सेवा केन्द्र संचालन गरि नागरिकलाई सेवा दिइरहेको प्रतिबेदन प्रस्तुत गरेका थिए।

संस्थाले सेयर सदस्यहरुलाई दुर्घटना मृत्यु बिमा, उपचार सुबिधा, सदस्य मृत्यु राहात सुबिधा लगायत ३० वटा भन्दा बढी सुबिधा उपलब्ध गराउनुका साथै एटीएम कार्ड, मोवाइल बैंकिङ र एसएमएस सुबिधा उपलब्ध गराएको प्रतिबेदन प्रस्तुत गरेका थिए।संस्थाले गौरादह नगरपालिका भित्रका मुख्य बजारहरु र कमल गाउँपालिकाका सरङपाडा, बासबारीका साथै गौरीगंज बजारमा आगो निभाउन प्रयोग गरिने अग्नी प्रतिरोधात्मक सामाग्रीको ब्यबस्थापन गरेको प्रतिबेदन सार्बजनिक गरेका थिए। साधारणसभामा कोषाध्यक्ष नारायण कुमार कार्कीले आर्थिक बर्ष २०७९/०८० को आर्थिक प्रतिबेदन र आर्थिक बर्ष २०८०/०८१ को योजना प्रस्ताव सम्बन्धि आय-ब्यय विवरण प्रस्तुत गरेका थिए।

कोषाध्यक्ष कार्की द्वारा प्रस्तुत प्रतिबेदनमा संस्थाले आर्थिक बर्ष २०७९/०८० मा ६९ करोड ९५ लाख ९६ हजार ५ सय ७ रुपैयाँको कुल कारोवार गरेको प्रतिबेदन प्रस्तुत गरेका थिए। संस्थामा ८ करोड २४ लाख २० हजार ३ सय शेयर पुँजी रहेको संस्थाले गत आर्थिक बर्षमा ९२ लाख ८१ हजार ८ सय ८९ खुद नाफा गरेको जानकारी गराएका थिए। संस्थाको बचत तथा निक्षेप दायित्व ५२ करोड ५८ लाख ८४ हजार ३ सय ७२ रहेको संस्थाले ५२ करोड ३ लाख १२ हजार ५ सय ४१ रुपैयाँ सेयर सदस्यहरुमा ऋण लगानी गरेको प्रतिबेदन प्रस्तुत गरेका थिए। संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक श्याम दाहालले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए।

साधारणसभामा जेष्ठ सदस्य गणेशबहादुर श्रेष्ठ र तेज कुमारी पन्त, पुर्ब संचालक फणीन्द्र राज दाहाल, कर्मचारी तर्फ मालता रिजाल, उत्कृष्ट बचत तथा ऋण कारोवार गर्ने सदस्य ३० जना, नियमित बचत तर्फ ३ जना, रेमिट कारोवार गर्ने १ जना, बाल बचत कर्ता १ जना, महिला समूह तर्फ तुलसि शुभलक्ष्मी महिला समुह , पसल समान खरिद गर्ने ६ जनालाई सम्मान गरिएको थियो। संस्थागत र सामुदायिक बिद्यालयबाट उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोराछोरीहरुलाई शुभलक्ष्मी शैक्षिक पुरस्कारबाट बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो । संस्थागत बिद्यालयबाट उत्कृष्ट अंक ल्याउने कक्षा-८ का प्रतीक कार्की , प्रजित कार्की त्यसैगरी कक्षा १२ बाट बिधित कार्की, बिना ढकाल अंकित खनाल पुरस्कृत भएका थिए। संस्थागत बिद्यालयबाट निस्चल घिमिरे र रिया बस्नेत पुरस्कृत भएको संस्थाका ब्यबस्थापक तिलक कार्कीले जानकारी गराए। संस्थाका अध्यक्ष प्रकाश कार्कीको सभापतित्वमा साधारणसभा सम्पन्न भएको थियो।संस्थाका उपाध्यक्ष भिम बिजय बाँस्तोलाले स्वागत मन्तब्य राखेको कार्यक्रममा सचिब हेम चन्द्र घिमिरे राजुले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया