Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

जेबि खड्का
गौरादह, १६ असोज २०८० । शुभलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक बर्ष २०७९/०८० मा ६९ करोड ९५ लाख ९६ हजार ५ सय ७ रुपैयाँको कुल कारोवार गरेको छ। संस्थाको २५औं बार्षिक साधारणसभाको पुर्ब संध्यामा पत्रकार सम्मेलन गरि संस्थाका अध्यक्ष प्रकाश कार्कीले आर्थिक मन्दीको परिस्थितिमा मुनाफामा केही कमी भएपनि कारोवारमा खासै असर नपरेको जानकारी गराएका थिए।

पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले ८ करोड २४ लाख २० हजार ३ सय शेयर पुँजी रहेको संस्थाले गत आर्थिक बर्षमा ९२ लाख ८१ हजार ८ सय ८९ खुद नाफा गरेको जानकारी गराएका थिए। संस्थाको बचत तथा निक्षेप दायित्व ५२ करोड ५८ लाख ८४ हजार ३ सय ७२ रहेको संस्थाले ५२ करोड ३ लाख १२ हजार ५ सय ४१ रुपैयाँ सेयर सदस्यहरुमा ऋण लगानी गरेको जानकारी गराएका थिए। संस्था २५ औं साधारणसभा सम्म आइपुग्दा संस्थाबाट सेयर सदस्यहरुले पाएको सेवाहरुका बारेमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको थियो।

गौरादह बजारमा प्रधान कार्यलय रहेको शुभलक्ष्मी सहकारी संस्थाले हाल सम्म गौरादह नगरपालिकाको बैगुन्धुरा र चप्रामारी बजारमा सेवा केन्द्र संचालन गरि नागरिकलाई सेवा दिइरहेको जानकारी गराएका थिए। संस्थाले सेयर सदस्यहरुलाई दुर्घटना मृत्यु बिमा, उपचार सुबिधा, सदस्य मृत्यु राहात सुबिधा लगायत ३० वटा भन्दा बढी सुबिधा उपलब्ध गराउनुका साथै एटीएम कार्ड, मोवाइल बैंकिङ र एसएमएस सुबिधा उपलब्ध गराएको जानकारी गराएका थिए। संस्थाले गौरादह नगरपालिका भित्रका मुख्य बजारहरु र कमल गाउँपालिकाका सरङपाडा, बासबारीका साथै गौरीगंज बजारमा आगो निभाउन प्रयोग गरिने अग्नी प्रतिरोधात्मक सामाग्रीको ब्यबस्थापन गरेको जानकारी गराएका थिए।

संस्थाले २५ औं बार्षिक साधारणसभामा जेष्ठ सदस्य २ जना, पुर्ब संचालक तर्फ १ जना,कर्मचारी १ जना, उत्कृष्ट बचत तथा ऋण कारोवार गर्ने सदस्य ३० जना, नियमित बचत तर्फ ३ जना, रेमिट कारोवार गर्ने १ जना, बाल बचत कर्ता १ जना, महिला समूह तर्फ १ समूह, पसल समान खरिद गर्ने ६ जनालाई सम्मान गरिने पत्रकार सम्मेलनमा जानकारी गराएका थिए।आर्थिक बर्ष २०८०/०८१ मा ५० हजार थान सेयर निस्कासन गरिने प्रस्ताव गरिएको अध्यक्ष कार्कीले जानकारी गराएका छन। साधारणसभा २० गते शनिबार सामुदायिक हल गौरादहमा संचालन गरिने जानकारी गराएका छन। पत्रकार सम्मेलनमा संस्थाका उपाध्यक्ष भिम बिजय बाँस्तोला, सचिव हेम चन्द्र घिमिरे सहित अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया