Online Bichar
सोमबार, साउन ०७, २०८१ | Monday, July 22, 2024

काठमाडौं, १४ असोज २०८० । काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालका एकजना डाक्टरमाथि कुटपिट भएको छ ।

अस्पतालमा उपचार गर्न आएका एकजना विरामीका आफन्तले डा। मनिष खड्कामाथि कुटपिट गरेपछि अस्पतालमा काम गर्ने सबै डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् । अस्पतालका अनुसार मिर्गौला रोगको परीक्षणका लागि ओपीडीमा आएका बिरामीलाई डा। खड्काले हल्ला नगरी लाइनमा बस्न आग्रह गर्दा उनीमाथि कुटपिट भएको हो ।

ओपिडीमा भीड भएपछि डा। खड्काले ती विरामीलाई उनलाई लाइनमा बस्न भनेका थिए । त्यसपछि बिरामीका आफन्तले डा।खड्कामाथि कुटपिट गरेका हुन्।

 

तपाईको प्रतिक्रिया