Online Bichar
शुक्रबार, फाल्गुण ०२, २०८१ | Friday, February 14, 2025

जेबि खड्का
गौरादह, १२ असोज २०८० । गौरादह सामुदायिक कृषि सहकारी संस्थाको १६ औं बार्षिक साधारणसभाले सीता भण्डारीलाई अध्यक्षमा अनुमोदन गरेको छ।

संस्थाका अध्यक्ष तारा प्रसाद घिमिरेले १५ औं साधारणसभामा राजिनामा दिएपछि उपाध्यक्ष भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मा दिइएको थियो। कार्यवाहक अध्यक्ष भण्डारीलाई बाँकी कार्यकाल २ बर्षका लागि अध्यक्षमा साधारणसभाले अनुमोदन गरेको छ । कार्य समिति सदस्य सदस्य टंक गिरीलाई रिक्त रहेको उपाध्यक्षमा साधारणसभाले अनुमोदन गरेको छ। संस्थाको १६ औं बार्षिक साधारणसभाले आर्थिक प्रशासन नियमावली र कर्मचारी नियमावली पारित गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिका वडा नं.२ का वडाध्यक्ष गोपाल प्रसाद कोईरालाले साधारणसभाको उद्घाटन गरेका थिए।संस्थाकि अध्यक्ष भण्डारीले संस्थाको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेकि थिईन।संस्थाका लेखा संयोजक बलराम अधिकारीले लेखा सुपरिवेक्षणको प्रतिबेदन प्रस्तुत गरेका थिए। अधिकारी द्वारा प्रस्तुत प्रतिबेदनमा १ करोड १८ लाख ३६ हजार ७ सय कुल सेयर पुँजी रहेको संस्थामा ३५ लाख ५ हजार ५ सय ५३ जगेडा कोषमा रहेको जानकारी गराएका थिए। संस्थाले आर्थिक बर्ष २०७९र०८० मा ३ करोड २४ लाख ६७ हजार ३ सय ४४ को कुल कारोवार गरेकोमा १२ लाख ८१ हजार ९ सय ९२ खुद नाफा गरेको प्रतिबेदन प्रस्तुत गरेका थिए।

साधारणसभाका अवसरमा नियमित ब्यक्तिगत बचत गर्ने ५ जना, नियमित बाल बचत तर्फ ३ जना, नियमित समूह बचत तर्फ १५ जना, उत्कृष्ट ऋणी ५ जना, धितो जवानी उत्कृष्ट ऋणी तर्फ ३ जना, उत्कृष्ट ब्यवसाहिक कृषक ४ जनालाई पुरस्कृत गरिएको संस्थाका ब्यबस्थापक भरत कुमार अधिकारीले जानकारी गराएका छन। त्यस अवसरमा वडा नं (१ का वडा सदस्य अन्जु निरौला, संस्थाका सल्लाहकार सदस्य गोबिन्द खड्का लगायतले शुभकामना मन्तब्य राखेका थिए। संस्थाका सह सचिब बेणु काफ्लेले स्वागत मन्तब्य राखेको कार्यक्रममा सचिब देबेन्द्र कुमार खड्काले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया