Online Bichar
मंगलबार, बैशाख ०१, २०८३ | Tuesday, April 14, 2026

काठमाडौं, १० असोज २०८० । मनिपाल अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर बुधबार पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

चिकित्सकमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेको भन्दै नेपाल चिकित्सक संघ गण्डकीले मंगलबार विज्ञप्ति जारी गर्दै प्रदेशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्न आह्वान गरेकामा त्यसमा नेपाल चिकित्सक सङ्घले ऐक्यबद्धता जनाएको थियो ।

गण्डकी प्रदेशकै ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार आकस्मिकबाहेकका सेवा बन्द गरिएको निर्देशक भरत खत्रीले बताउनुभयो । आकस्मिकबाहेकका सेवा बन्द हुँदा गाउँगाउँबाट उपचारका लागि आएका बिरामी समस्यामा परेका छन् ।

 

तपाईको प्रतिक्रिया