Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

जेबि खड्का
गौरादह, ६ असोज २०८० । जनहित बचत तथा ऋण सहकारी संस्था १७ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। गौरादह नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि छत्रपति सुवेदीले साधारणसभाको उद्घाटन गरेका थिए । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि सुवेदीले ग्रामिण क्षेत्रमा सहकारी संस्थाहरु संचालनमा आएसँगै सर्वसाधारण नागरिकको आय आर्जनमा बृद्धी भएको बताएका थिए। सहकारी संस्था नागरिकहरुको आफ्नो संस्था भएकाले सदस्यहरुले इमानदार भएर सहयोग गर्नुपर्ने धारणा राखेका थिए।

सामुदायिक भवन स्कुलचौनमा सम्पन्न साधारणसभामा साधारणसभाका सभापति समेत रहेका संस्थाका अध्यक्ष योग प्रसाद आचार्यले संस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए। साधारणसभामा लेखा समिति संयोजक गोबिन्द कठायतले संस्थाको ७३ लाख ३२ हजार ५ सय शेयर पुँजी रहेको प्रतिबेदन प्रस्तुत गरेका थिए।

लेखा समितिको प्रतिबेदनमा ५६ लाख ५४ हजार ६ सय ८३ आम्दानी र १० लाख ५१ हजार ७ सय ६७ खुद नाफा भएको प्रतिबेदन प्रस्तुत गरेका थिए। संस्थाका कोषाध्यक्ष दिल बहादुर श्रेष्ठले संस्थाले आर्थिक बर्ष २०७९र०८० मा ४ करोड ८७ लाख ३६ हजार ४ सय ४८ को कुल कारोवार गरेको प्रतिबेदन प्रस्तुत गरेका थिए। साधारणसभामा संस्थाका जेष्ठ नागरिक राम भक्त कार्की र बुद्धि माया पौडेललाई जनही नगद १५ सय सहित सम्मान पत्रका साथ दोसल्ला ओढाई सम्मान गरिएको थियो।त्यस अवसरमा विभिन्न बिधामा संस्थामा उत्कृष्ट कारोवार गर्ने ब्यक्तिहरुलाई पुरस्कृत गरिएको थियो। पुरस्कृत हुनेहरुमा असल कर्जा कारोवार गर्ने-१ जना, बचत कर्ता-१ जना, अतिरिक्त बचत कर्ता-१ जना, बाल बचत कर्ता-१ जना, खुत्रुके बचत कर्ता-१ जना, दैनिक बचत कर्ता-१ जनालाई पुरस्कृत गरिएको थियो। सेयर सदस्यका छोराछोरीहरु मध्ये गत बर्षको एस.ई.ई र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने २र२ जनालाई नगद १५ सय सहित पुरस्कृत गरिएको थियो।

कार्यक्रममा जिल्ला समन्वय समिति झापा सदस्य कपिलमणी काफ्ले, संस्थाका पुर्ब अध्यक्ष नेत्र बहादुर थापा लगायतले शुभकामना मन्तब्य राखेका थिए।संस्थाका सदस्य पदम बहादुर खत्रीले स्वागत मन्तब्य राखेको कार्यक्रममा सचिब भास्कर पाण्डेले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया